नियम १५
आयोजनाको अनुगमन
(१) यस नियमावली बमोजिम कार्यान्वयन गरिने आयोजनाको अनुगमन गर्ने जिम्मेवारी संयोजकको हुनेछ ।
(२) नियम १८ को उपनियम (२) बमोजिम तोकेको प्रतिनिधिले आयोजनाको अनुगमन गरी सम्बन्धित स्थानीय तह, निर्देशक समिति र संयोजकलाई नियमित रुपमा प्रतिवेदन दिनु पर्नेछ ।
(३) कुनै आयोजना कार्यान्वयनको सम्बन्धमा समय, लागत र गुणस्तर सम्बन्धी कुनै प्रश्न उठेमा निर्देशक समितिले सो सम्बन्धमा अनुगमन र जाँचबुझको लागि विशेष अनुगमन टोली गठन गर्न सक्नेछ ।
(४) उपनियम (१),
(२) र (३) बमोजिम अनुगमन गरी दिइएका सुझावहरु कार्यान्वयन गर्नु सम्बन्धित उपभोक्ता समिति, निर्माण व्यवसायी तथा स्थानीय तहको कर्तव्य हुनेछ ।
(५) निर्देशक समितिले कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन नियमित अनुगमन र आवश्यकता अनुसार समन्वय तथा सहजीकरण गर्नु पर्नेछ ।